+
+
Shares

खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

रासस रासस
२०८० जेठ ८ गते १२:४४

८ जेठ, काठमाडौं । खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्र्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।

ट्र्याक्टर चढ्न खोज्दा उनी खसेका थिए। खसेपछि ट्र्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?