२९ साउन, खोटाङ । खोटाङमा ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एकको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडी झर्दा पाख्रिबास नगरपालिक-३ धनकुटाका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो ।
साउन २९ गते बिहान ४ बजेको झिसमिसमा काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुईंमा खसेका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।
ट्याक्टरबाट सुल्केर झरेको मुढासँगै खसेका मगरको सोही मुढाले किचिएर मृत्यु भएको हो ।
घटनाको जानकारी आए लगत्तै अस्थायी प्रहरीचौकी छितापोखरीबाट खटिएका प्रहरी वरिष्ठ हवल्दार उमाकान्त राय नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गरेका छन् ।
ट्याक्टर चालक महालक्ष्मी नगरपालिका-३ धनकुटाका १९ वर्षीय सुनिल गुरुङलाई अस्थायी प्रहरीचौकी छितापोखरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4