+
+
Shares

रोल्पाको सुनछहरी पहिरो : एक जनाको मृत्यु, ३ जना बेपत्ता

६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । अन्य ३ जना बेपत्ता भएका छन्, खोजी कार्य जारी छ ।

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ साउन २९ गते ११:२८

२९ साउन रोल्पा । सुनछहरी गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

सुनछहरी गाँउपालिका-२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा रहेकी ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त घरमा अन्दाजी ७० वर्षका वीरबहादुर घर्तीमगर, उनकी श्रीमती अन्दाजी ६५ वर्षीय शनी घर्तीमगर र लली घर्तीमगर बसेका थिए । ललीको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै सुनछहरी-२ कै गिट्ठेमा बस्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले परेको छ । पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए ।

बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि रोल्पाकै थबाङमा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । त्यहाँ पनि तीन जना अझै बेपत्ता छन् ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?