+
+

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेसनल २०२३’ का ६ विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १८:०६

काठमाडौँ । १२ औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेसनलक २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा ‘मिनी गर्ल’, ‘मिनी ब्वाइ’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाइ’, ‘टिन गर्ल’ र ‘टिन ब्वाइ’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।

 प्रतियोगितामा ‘मिनी गर्ल’तर्फ एलभिरा महर्जन विजेता बन्दा प्रनवीश्री सिंह फस्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप र क्रिभा बज्राचार्य थर्ड रनर अप भए । ‘मिनी ब्वाइ’तर्फ ओजसराज श्रेष्ठले उपाधि चुम्दा क्रमशः विभत्सु उपाध्याय, सक्षम थापा, जोसेफ पराजुली फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।

‘लिटिल गर्ल’तर्फको उपाधि भने दर्शना संग्रौलाले हात पारिन् । यो विधामा आनिया शाक्य फस्ट रनरअप, समृद्धि केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनरअप भए । ‘लिटिल ब्वाइ’तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभूषण केसी, नयन बानियाँ क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप बन्न सफल भए ।

‘टिन गर्ल’को उपाधि श्रीज्ञा महर्जनले प्राप्त गरिन् । यो विधामा युरेका रिजाल फस्ट रनरअप, जोरुफा फुयाल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाय’तर्फको उपाधि भने स्वरुप केसीले हात पारे । यो विधामा प्रत्युष ढकाल र आरोज्ञ गिरी क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए ।

रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगिता आयोजना गरेको हो । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको एजेन्सीका प्रबन्ध निर्देशक राज फैजुले बताए । सात वर्षदेखि १५ वर्षसम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?