+
+

फिलिपिन्समा लोकेसन खोज्दै प्रदीप खड्कासहित ‘क्यामिनो’ टिम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १३:००

काठमाडौं । प्रदीप खड्का स्टारर ‘क्यामिनो’को आधा छायांकन एसिया प्रशान्त मुलुक फिलिपिन्समा हुने भएको छ । लोकेसन छायांकनका लागि प्रदीपसहित निर्देशक दीपक वली र निर्माता यतिबेला फिलिपिनो जंगल र टापुमा छन् ।

मंगलबार फिलिपिन्सबाट अनलाइनखबरसँग कुरा गर्दै प्रदीपले दक्षिण अमेरिकी मुलुकको जंगल र टापुको ‘चिटिङ’ छायांकन फिलिपिन्समा हुने बताए । ‘खासगरी साउथ अमेरिकी मुलुकको जर्नीको कथा यहाँ सुटिङ गर्ने कुरा छ । सोही सिलसिलामा आकर्षक लोकेसनको खोजी भइरहेको छ,’ उनले भने ।

दक्षिण अमेरिकामा यो भागको छायांकन गर्न असहज हुने भएपछि फिलिपिन्सलाई रोजिएको उनले बताए । ‘यता गर्दा सबै कास्ट एण्ड क्रिउ पनि आउन सजिलो हुने भयो र खर्चिलो पनि हुने देखिएन । उस्तै लोकेसन हुँदा हामीलाई सजिलो हुने भयो,’ प्रदीपले भने । यद्यपि फिलिपिन्समा अहिले मनसुन सुरु भइसकेकाले हन्टिङको काम प्रभावित भएको छ ।

फिलिपिन्सको बालेसिन र इलोइलो टापुमा सुटिङ गर्ने तयारी छ । बाँकी लोकेसन खोज्न टोली अर्को महिना ब्राजिल जाने तयारीमा छ । वैशाखमा सुटिङ सुरु हुने भनिए पनि भिसालगायत प्रक्रियामा ढिलाइ भएपछि छायांकन पनि प्रभावित भएको हो । ‘यो फिल्म लार्जर स्केलको छ । कत्तिको काम गर्न सक्छु भन्ने चुनौती छ । प्रोजेक्टलाई लिएर उत्साहित छु,’ प्रदीपले भने ।

‘प्रेमगीत’ फेम्ड अभिनेतासँग सन्तोष सेन र दिनेश राउतका दुई फिल्म लाइनअपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?