+
+

अन्तर्राष्ट्रिय बुद्धिचालको उपाधि भारतका इन्द्रजितलाई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १९:०३

९ जेठ, दोलाखा । भीमबहादुर तामाङ स्मृति खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका इन्द्रजित महिन्द्रकारले जितेका छन् ।

दोलखाको चरिकोटमा मंगलबार सम्पन्न नवौं तथा निर्णायक चरणको खेलमा आफ्नै देशका अपलोसना मनाङलाई हराएर इन्द्रजितले १ लाख रुपैयाँ पुरस्कार जितेका हुन् ।

दोलखा चेस होम नेपाल तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा इन्द्रजितले साढे ८ अंक जोडेका हुन् ।

नौमध्ये ८ चरणमा स्पष्ट जित हासिल गरेका उनी एक चरण बराबरीमा रोकिएका थिए ।

कालिन्चोक माध्यमिक स्कुलको हलमा भएको प्रतियोगितामा भारतीय खेलाडीकै बर्चश्व रह्यो ।

नवौं चरणमा नेपाल च्याम्पियन फिडेमास्टर रुपेश जयसवाललाई हराएपछि बेदान्त नगरकोटे उपविजेता बनेका छन् ।

तेस्रो भएका मोहित कुमारले अन्तिम चरणमा सुशरत दाहाललाई पराजित गरेका हुन् । दोस्रो र तेस्रो हुनेले क्रमसः ६० र ४० हजार रुपैयाँ पुरस्कार पाए ।

धनवीर सिंह चौथो र राहुल सोराम पाँचौ स्थानमा रहे । प्रियान्सु बरुवा, अपलोसनम मानाङ, अनुष्का गुप्ता, कृष्ण कुमार र रुपेश जैसवाल क्रमशः छैठौं देखि दशौ स्थानमा रहे ।

पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार भेट्रानतर्फ उत्कृष्ट भए भने अनरेटेडमा भारतका संकल्प सिंह पहिलो भए ।

त्यसैगरी महिलातर्फ श्रीलंकाकी वोमेन इन्टरनेशनल मास्टर सचिन रणसिंगे विजेता बनिन् ।

पाँच दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, अमेरिकाका गरी १५६ जना खेलाडीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?