+
+

पल शाहले गरे दिनेश राउतलाई आगामी फिल्मको निर्देशकमा अफर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १६:२९

काठमाडौं । अभिनेता पल शाहले आगामी फिल्मको निर्देशकमा ‘प्रकाश’ फेम्ड दिनेश राउतलाई प्रस्ताव गरेका छन् । गत साताको भेटमा पल र पटकथा लेखक विकास सुवेदीले निर्देशकको रुपमा आफूलाई अफर गरेको निर्देशक राउतले अनलाइनखबरलाई जानकारी दिए ।

‘उहाँहरुले अप्रोच गर्नुभएको होे । मैले निर्णय दिइसकेको छैन । मसँग अन्य केही फिल्मको पटकथा लेखनमा काम भइरहेको छ । म सबै विकल्पमा खुला छु,’ पलले गरेको प्रस्तावबारे राउतले भने । फिल्म लेखक सुवेदीले पल र दिनेशबीचको सम्भावित सहकार्यका लागि मध्यस्थता गरिरहेका छन् ।

‘कम्तीमा २०८० सालभित्र दुईवटा फिल्म गर्ने पल र मेरो योजना छ । यसका लागि निर्देशकमा दिनेशजीलाई अफर गरेका हौं,’ सुवेदीले भने, ‘वर्षमा दुई फिल्म गर्ने कुरामा पल र म सहमत छौं ।’ कारागारमुक्त भएपछि पलले व्यावसायिक र आफूलाई अभिनेताको रुपमा ‘ग्रोथ’ हुने खालको फिल्म गर्न खोजेको सुवेदीले बताए ।

सबै कुरा ठीकठाक रुपमा अगाडि बढे राउतले पलको फिल्मलाई निर्देशन गर्ने सम्भावना बलियो छ । यो सम्भावनालाई राउतले अस्वीकार गरेका छैनन् । लभस्टोरी फिल्म निर्देशनको पृष्ठभूमिबाट आएका राउतलाई पछिल्लो फिल्म ‘प्रकाश’ले गम्भीर फिल्ममेकरको रुपमा चिनाएको छ । यो फिल्मबाटै प्रदीप खड्काले अवार्ड समेत उचाले ।

कामको कुरा गर्दा निर्देशक राउतले स्वप्न सुमनलाई लिएर एक लभस्टोरी फिल्म र प्रदीपलाई लिएर शहीद गंगालाल श्रेष्ठको बायोपिक गर्ने तयारी गरिरहेका छन् । तर यी दुवै फिल्म कहिलेदेखि सुटिङमा जान्छन् टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?