+
+

पानीका स्रोत सरसफाइ गरिने पर्व सिथि नखः

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ ११ गते १२:२१

नेवार समुदायको चाडपर्व भन्नेबित्तिकै भोजभतेर, बाजागाजा, पूजाआजाको कुरा आइहाल्छ । तर अरु चाडपर्वभन्दा फरक छ सिथि नखः । यस पर्वमा पानीका परम्परागत स्रोतहरुको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन टोलटोलका सार्वजनिक इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ ।

जेष्ठ शुक्लपक्षको षष्ठी तिथिका दिन पर्ने सिथि नखः पर्वमा आफ्नो टोलका सबै जना भेला भएर इनार, ढुंगेधारा। कुवा, पोखरी सफा गर्ने परम्परा छ ।

गर्मी मौसममा पानीको सतह घट्ने भएकाले आफ्नो वरिपरि रहेका इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने संस्कृतविद् ओम धौभडेल बताउँछन् । साथै सिथि नखःका दिन मुहान सफा गर्‍यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा चलिआएको धौभडेल बताउँछन् ।

के के खाइन्छ ?

तिथि नखः पर्वका दिन पानीका मुहान मात्रै सफा गरिंदैन, फर्केर घरमा आएपछि विभिन्न खानाका परिकार बनाएर खाने चलन पनि छ ।

सिथि नखः को दिन ६ थरीका चटामरी र ६ थरीका वः पकाएर खाने प्रचलन रहेको छ । अहिले भने चटामरी, मुग वा मासको वः बनाएर खाने गरिन्छ । देवाली भएका खण्डमा त्यहीअनुसार भोजका परिकार बनाएर खाने गरिन्छ । सम्यबजी बनाएर पनि खाने गरिन्छ ।

महत्व

देवीदेवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास छ । किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा यसको महत्व रहेको संस्कृतिविद् धौभडेल बताउँछन् ।

DCIM101GOPROG2523163.JPG

यस चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षायामको अन्तिम चाडको रुपमा लिइन्छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?