+
+
Shares

चाडपर्वमा वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते ११:५९

३० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ । अब तोकिएको अवधिमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।

राष्ट्र बैंकका अनुसार यो सुविधा असोज ३१ देखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ देखि २९ गतेसम्म लागू हुनेछ ।

चाडपर्वमा दक्षिणालगायतका कारोबार गर्दा डिजिटल माध्यमको प्रयोग बढाउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले यसअघि दशैँ, तिहार र छठमा दक्षिणा दिँदा पनि डिजिटल भुक्तानीको माध्यम प्रयोग गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?