+
+

सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १४:३१

११ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान/अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको छ ।

निगमले २१ जुन (६ असार)मा पहिलो उडान गर्ने गरी प्रस्ताव गरेको समेत उनले जानकारी दिए । नेपाल र अष्ट्रेलियाबीच चार वर्ष अगाडि नै हवाई सेवा सम्झौता भइसकेको थियो । तर, व्यावसायिक उडान भने हुन सकेको थिएन । निगमले कोभिड-१९ को समयमा यहाँ चार्टर्ड उडान भने गरिसकेको छ ।

निगमले अहिले जापान र साउदी अरबमा तुलनात्मक रुपमा लामो दुरीको उडान गरिरहेको छ । अष्ट्रेलिया उडानले ठूलो संख्यामा रहेका नेपालीसँगै यी दुई मुलुकबीच आवत–जावत गर्ने पर्यटकलाई समेत सुविधा पुग्ने छ । अन्तर्राष्ट्रिय उडानमा रहेका चार जहाजमध्ये यहाँ निगमले वाइडबडी ए–३३० जहाज उडाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?