+
+

राप्ती गाउँपालिकाको विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते ११:१७

१४ जेठ, दाङ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ ।

पालिकाले विकट गाउँका स्थानीयहरुलाई लक्षित गरी वडा नम्बर ९ को देवीकोटमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्यकर्मीसमेत रहेका गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिविरमा सो क्षेत्रका करिब ३३ जना विरामीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरूलाई निःशुल्क औषधि र परामर्श सेवा प्रदान गरिएको जानकारी दिए ।

उच्च रक्तचाप, मधुमेह लगायतको समस्याबाट पीडित वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वषर्ीया लिलादेवी बैमामगरले गाउँमै स्वास्थ्य जाँच गराउन पाउँदा खुसी लागेको बताइन् । ‘अरु बेला रगत जाँच गराउन पनि घण्टौं पैदल हिँडेर देउखुरी जानुपर्थ्योे । पैसा पनि खर्च हुन्थ्यो,’ उनले भनिन्, ‘आज आफ्नै गाउँमा जाँच गराउन पाउँदा निकै खुशी लागेको छ ।’

स्वास्थ्य शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका विशेषज्ञ डाक्टर उमाकान्त तिवारी, सिसहनियाँ स्वास्थ्य चौकीका ल्याब असिसटेन्ट लब जैशी, हेल्थ असिसटेन्ट चन्द्रमा ओली, रुपाकोट स्वास्थ्य इकाइका प्रमुख यज्ञ कार्की लगायतले सेवा दिएका थिए ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेर घरमै बस्न बाध्य भएकाहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले बताए । उहाँले आगामी दिनहरुमा क्रमशः सबै वडाहरुमा यस प्रकारको स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइएको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?