+
+

टेलिसिरियल ‘भावीको लेखान्त’ दर्शकमाझ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते २०:४१

काठमाडौं । टेलिसिरियल ‘भावीको लेखान्त’ दर्शकमाझ आउने भएको छ । सामाजिक यथार्थको घटनामा आधारित कथावस्तुमा बन्ने यो सिरियललाई सुरेन्द्र थापा र रमेश बुढा मगरले निर्देशन गर्न लागेक हुन् ।

चर्चित सिरियल ‘मेरी बास्सै’बाट अलग भएको कलाकार र निर्माण समूहले यसलाई दर्शकमाझ ल्याउन लागेका हुन् । कबिरद्वारा लेखिएको यो सिरियलमा तारा केसी, रमेश अधिकारी, रमेश भट्ट, गीता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्ष्मण चौलागाई, प्रवीण पुरी, सबिन घिमिरे, यशु भट्टराई र सुरेन्द्र थापा कलाकार छन् ।

घनश्याम पोखरेलको छायांकन, पवित्रा भट्टराईको छायांकन र प्रवीण पुरी व्यवस्थापकको रुपमा छन् । यो टेलिफिल्मलाई भावीको लेखान्त सिरियलमा हेर्न सकिने भएको छ । कलाकार समेत रहेका भुषालले चाँडै टेलिभिजनमा समेत सिरियल आउने तयारीमा रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?