+
+

योजना आयोगबाट पारित भयो वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १४:३७

१५ जेठ, काठमाडौं । बजेटसँगै संसदमा प्रस्तुत हुने वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ ।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार बसेको बैठकले दुवै दस्तावेज पारित गरेको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट समेत आयोगबाट स्वीकृत भएको छ । बजेट सोमबार नै संसदमा प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?