+
+

अन्जन राईको दुई गोलले पुलिस चौथो स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २१:४८

१५ जेठ,  काठमाडौं । अन्जन राईले दुई गोल गरेपछि नेपाल पुलिस क्लब शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्सलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पुलिसले फ्रेण्ड्सलाई २-१ ले हरायो ।

पुलिसका लागि अन्जनले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा फ्रेण्ड्सका विकास थापाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर अन्जनले ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले फेरि अग्रता बनायो ।

त्यसपछि थप गोल भएन र पुलिस अग्रता कायम राख्दै २-१ ले विजयी भयो ।

यस जितपछि २२ खेल खेल्दा ९ जित ४ बराबरीबाट ३१ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लेको हो ।

पुलिस ९ खेलमा भने पराजित भएको छ ।

पुलिस तेस्रो स्थानको जावलाखेल युथ क्लबभन्दा ३ अंकले पछि छ भने पाँचौ स्थानको त्रिभुवन आर्मी एफसी भन्दा १ अंकले अघि छ ।

लिगको पहिलो चरणमा कमजोर प्रदर्शन गरेको पुलिसले विदेशी खेलाडी राख्न थालेपछि दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

ए डिभिजन लिगमा २२ चरणको खेल सकिँदा शीर्ष स्थानको चर्च ब्वाइजले मात्र पुलिस भन्दा बढी १० खेल जितेको छ ।

दोस्रो स्थानको मछिन्द्र एफसी र तेस्रो स्थानको जावलाखेल समान पुलिसले समान ९ खेल जितेका छन् ।

१६औं चरणसम्म रेलिगेसन जोनमै रहेको पुलिस त्यसपछि १२औं, १०औं, आठौं, सातौं स्थानमा हुँदै पहिलो पटक चौथो स्थानमा उक्लेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?