+
+

बजेटले अर्थतन्त्रको सुधारलाई सम्बोधन गर्दैन : चेम्बर अध्यक्ष मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २२:०४
राजेन्द्र मल्ल/फाइल तस्वीर

१५ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले अर्थतन्त्रको सुधारको संकेत नगर्ने प्रतिक्रिया दिएको छ ।

प्रस्तुत बजेटबारे अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बजेटले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा हुने अवस्था नदेखिएको बताए ।

बजेटमा वितरणका कार्यक्रम धेरै हालिएको भन्दै उनले सरकारले लिएको निर्यात वृद्धि र आर्थिक वृद्धि दुवैको लक्ष्य कठिन हुने देखिएको बताए ।

‘आर्थिक समस्याको बेला, उत्पादनमुखी बजेट बन्नु पर्ने थियो,’ अध्यक्ष मल्लले भने, ‘तर वितरणमुखी बजेट आयो । बजेटको कार्यान्वयन चुनौतीपूर्ण छ । ६ प्रतिशतको ग्रोथ जीडीपीमा हुनै सक्दैन । ’

खर्च हुने तर राजस्व संकलन नहुने अवस्था यस पटक पनि दोहोरिने भन्दै उनले बजेट उत्पादनशील हुनु पर्नेमा त्यस्तो नभएको बताए । बजेटलाई महत्त्वाकाङ्‍क्षी रुपमा प्रस्तुत गर्ने र पुनः सच्याउने कुरा यस पटक पनि दोहोरिने अवस्था रहेको मल्लको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?