१५ जेठ, काठमाडौं । बिजुली गाडीमा कर बढाएको सरकारले जनस्वास्थ्यमा असर गर्ने चुरोट र रक्सीको करमा भने उदारता देखाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै सरकारले चुरोटमा ३ प्रतिशत मात्र कर बढाएको छ । बियर र रक्सीमा भने कर बढाएको छैन ।
पछिल्लो १० वर्षको बजेटको प्रवृत्ति हेर्दा हरेक वर्ष चुरोटमा औसत १० प्रतिशत कर बढ्ने गरेको थियो । गत वर्ष जनार्दन शर्माले ल्याएको बजेटमा १९ प्रतिशत बढेको थियो । तर, यसपटक भने ३ प्रतिशत मात्र वृद्धि भएको छ । जुन विगत १० वर्ष यताकै कम हो ।
नेपाल र भारतको मूल्य तुलना गर्दा नेपालको चुरोट प्रति प्याकेट अझै १०० रुपैयाँ भन्दा बढी सस्तो छ । चुरोटको अवैध चोरी पैठारी नियन्त्रण गर्न पनि नेपालमा चुरोटमा कर बढाउनुपर्ने हुन्थ्यो । तर, उत्पादकसँगको सेटिङमा इतिहासमा सबैभन्दा कम कर वृद्धि गरिएको आशंका गरिएको छ ।
जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै हरेक वर्ष बियर र रक्सीमा कर वृद्धि हुँदै आएकोमा यो वर्ष सरकारले ती दुई क्षेत्रमा अतिरिक्त उदारता देखाएको छ ।
चुरोट/सुर्तीमा कति बढ्यो कर ?
चुरोट/सुर्तीका प्रकार | हालको कर रू. | बढेको कर रू. |
फिल्टर नभएको चुरोट | प्रति एम ७१० | ७३० |
७० मिमि | प्रति एम १६३५ | १६९० |
७० मिमिभन्दा बढी ७५ मिमिसम्मको | प्रतिएम २२२५ | २३०० |
७५ भन्दा बढी ८५ सम्म्को | प्रतिएमएम२८८० | २९७० |
८५ मिमि भन्दा बढी लम्बाइको | प्रतिएम ३९६५ | ४०८० |
समरुपी वा पुनर्निर्मित सुर्ती | किलो ८२१ | ८५० |
जर्दा खैनी, सुर्ती | किलो ८२१ | ८५० |
चुनावाला सुर्ती | किलो ४६० | ४७५ |
धुलो सुर्ती | प्रतिकिलो ४६० | ४७५ |
सुर्ती भएको वा पुनर्निर्मित सुर्ती | प्रतिकिलो ४६० | ४७५ |
निकोटिन भएको सुर्ती | प्रतिकिलो ४६० | ४७५ |
प्रतिक्रिया 4