+
+

सिन्धुलीमा सर्पले डसेर दाजु–भाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १२:२५

१६ जेठ, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो ।

आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सञ्चार शाखाले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?