+
+

सगरमाथाको फोहोरको भिडियो सेयर गर्दै कंगना भन्छिन्- संसारलाई मानिसबाट बचाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते ११:२४

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले सर्वोच्च शिखर सगरमाथा क्षेत्रको फोहोर प्रदूषणबारे चासो व्यक्त गरेकी छन् । ट्वीटरमा भिडियो सेयर गर्दै उनले मान्छेबाट संसारलाई जोगाउन समेत आग्रह गरेकी छन् । वसन्तकालीन आरोहणको समयमा देखिएको यो फोहोरका लागि मानवीय गतिविधि जिम्मेवार भएको र त्यसलाई तत्काल रोक्नुपर्ने बताएकी छन् ।

संसारलाई मान्छेबाट बचाउनुस् भन्दै कंगना लेख्छिन्, ‘मानिसलाई भगवानको सबैभन्दा मनपर्ने ठान्ने जो कोहीले वास्तविकता जाँच गर्नु आवश्यक छ । यो दृश्य हेरेपछि तपाईंले महसुस गर्नुहुनेछ कि मानव सायद भगवानको सबैभन्दा कम मनपर्ने हो । तिनीहरूले आफ्नो दुर्गन्धित फोहोर पदचिह्न जताततै छोड्छन् । कृपया संसारलाई मानिसहरूबाट बचाउनुहोस् ।’

कंगनाको उक्त ट्वीटमा प्रतिक्रिया दिंदै फ्यानले सगरमाथा संरक्षणका लागि उनको चासोको प्रशंसा गरेका छन् । बलिउड अभिनेत्री रनौत समसामयिक राजनीति, समाज र वातावरणीय मुद्दामा बेलाबेलामा चासो व्यक्त गरिरहेकी हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?