
१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडा भित्रका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच बुधबार एक सम्झौता भएको छ । जसअनुसार महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकले छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराउने सबै स्वास्थ्य सेवा निःशुल्क पाउने मेयर बालेन शाहले बताए ।
उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त बृद्ध भत्ता परिचय पत्र वा कर्मचारी परिचय पत्र वा वडा कार्यालयको सिफारिस पत्र अनिवार्य गरेको मेयर बालेनले जनाएका छन् ।
निःशुल्क चिकित्सालयमा पाइने सेवाहरु
–२४ सै घण्टा आकस्मिक सेवा
–ल्याप्रोस्कोपीक शल्यक्रिया
–सर्जरी
–फिजिसियन/इन्टरनल मेडिसिन
–नाक, कान, घाँटी रोग
–स्त्री रोग
–पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)
–चर्म तथा यौन रोग
–बाल रोग
–अल्ट्रासाउण्ड
–टि.एम.टी÷हल्टर
–अडियोग्राम
–टिम्पानो मिटर
–इको
–मनोचिकित्सा
–२४ सै घण्टा प्याथोलोजी,
–डिजिटल एक्सरे,
–पिसाब नलीको पत्थर चिरफार नगरीकन
–शल्यक्रिया
–आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया
–हाड, जोर्नी र नशा रोग
–जनरल हेल्थ चेकअप
–ईण्डोस्कोपी र कोलोन्स्कोपी
–दन्त रोग
–मुटु रोग
–ड्रेसिङ
–ईसीजी
–स्त्री रोग शल्यक्रिया
– हाडजोर्नी शल्यक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4