+
+

फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:३८
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजिक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई सरकारले बजेटमा बेवास्ता गरेको बताए ।

‘नेपाली चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट छुट्टाएन,’ केसीले भने ।

बजेटमा सरकारले विदेशी फिल्म आयात गर्दा पाँच प्रतिशत कर लगाउन आफूहरुले सुझाव दिएको तर एक प्रतिशत मात्रै कर लगाउनेगरी बजेट आएकोमा उनले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?