+
+

१.४ बिलियन डलरसहित रिहाना सेल्फमेड महिला सेलिब्रिटीको शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १७:२९

काठमाडौं । आफ्नो उद्यमशीलताको आश्चर्यजनक प्रदर्शनमा अमेरिकी गायिकाहरु रिहाना, बियोन्से र टेलर स्वीफ्ट निकै अघि छन् । विश्व संगीत मात्र होइन, सन् २०२३ मा फोब्र्स म्यागजिनको प्रतिष्ठित सेल्फमेड अर्बपतिको सूचीमा पनि उनीहरुको जबर्जस्त उपस्थिति देखिएको छ ।

यस वर्षको वरीयताले उनीहरुको विशाल सम्पत्ति र प्रभावलाई झल्काउँदै उल्लेखनीय उपलब्धि प्रदर्शन गर्छ । यो सूचीमा सफल महिलाको पहिचानलाई अझै दरिलो गरी स्थापित गर्दै गायिका म्याडोना, टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे र डोली पार्टनजस्ता सेलिब्रिटी पनि अटाएका छन् ।

रिहानाले आफ्ना साथीमध्ये अग्रता लिंदै २० औं स्थान सुरक्षित गरेकी छन् । उनले ‘सेल्फमेड स्कोर’ १० प्राप्त गरेकी छन् । १.४ बिलियन डलरको अनुमानित सम्पत्तिसहित संगीत र कस्मेटिक्स उद्योग दुवैमा उनको अतुलनीय सफलताको योगदान छ ।

एलभीएमएचसँगको सहकार्यमा उनको कस्मेटिक्स ब्राण्ड फेन्टी ब्युटीले आम्दानीलाई दोब्बर पार्दै तीव्र कमाइ गर्‍यो । साथै साभेज एक्स फेन्टी लिंगेरीमा रिहानाको एक बिलियन डलरको स्वामित्वको हिस्सेदारीले उनको उपस्थितिलाई झनै बलियो बनाएको छ । फोब्र्सको यो सूचीमा गायिक स्वीफ्ट ३४ औं स्थानमा छिन् । उनको कमाइ ७४० मिलियन डलर र सेल्फमेड स्कोर आठ छ ।

कीर्तिमानी संगीत बिक्री र सांगीतिक टुरले उनको आर्थिक विजयमा भूमिका खेलेका छन् । ऐतिहासिक रुपमा उनी बिलबोर्ड इतिहासमा बिलबोर्ड हट १०० को शीर्ष १० स्थानलाई कब्जा गर्ने पहिलो कलाकार बनिन् । यसबाहेक उनको इरास टुरले प्रशंसकबीच एक उन्माद सिर्जना गर्‍यो, जसले टिकटमास्टरको प्रणाली क्र्यास भयो र अमेरिकी सांसदबीच कन्सर्टको टिकट बिक्रीका नीतिबारे बहस चल्यो ।

यसैबीच, प्रख्यात गायिका बियोन्सेले आठको प्रशंसनीय सेल्फ-मेड स्कोर र ५४० मिलियन डलरसहित ४८ औं स्थानमा सुरक्षित गरिन् । संगीतमा उनको तीन दशक लामो करिअर उनको असाधारण सम्पत्तिको आधार हो । उल्लेखनीय रूपमा बियोन्सेको फेसन हाउस बालमेनसँगको सहकार्य उनको आलोचनात्मक रूपमा प्रशंसित ‘रेनशा’ एल्बमबाट प्रेरित छ ।

फोब्र्सको सबैभन्दा धनी सेल्फ-मेड महिलाहरूको सूचीले मनोरञ्जन उद्योगमा अन्य चर्चित महिलाको उपलब्धिलाई पनि मनाउँछ । ओप्रा, किम कार्दसियन, काइली जेनर, म्याडोना, सेलिन डियोन, डली पार्टन, रिज विदरस्पुन, बारब्रा स्ट्रिस्यान्ड, सेरेना विलियम्स र शोन्डा राइम्सजस्ता व्यक्तित्वले यस प्रतिष्ठित रोस्टरमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?