+
+

विराटनगरका विद्यालयमा थप तीन दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते ११:२५

२१ जेठ,  विराटनगर ।  गर्मी बढेपछि विराटनगर महानगरपालिकाले थप तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । आजदेखि मंगलबारसम्म शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको हो ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा शनिबार बसेको   बैठकले थप तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

गर्मी बढेपछि महानगरपालिकाले बिहीबार र शुक्रबार पनि विद्यालय बिदा दिएको थियो ।

महानगरले वर्षे बिदाबाट कटौती हुनेगरी शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ । यो अवधीमा पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?