+
+

पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:५२

२३ जेठ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ ।

१ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ ।

कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि आएका निवेदनमा एयरलाइन्सले तोकेका कानुनी व्यवसायी प्रधान एण्ड एसोसियट्स प्रालिको कार्यालय बखुण्डोलले प्रदान गर्ने भन्दै एयरलाइन्सले क्षतिपूर्तिमा दाबी विरोधका लागि ३५ दिन भित्र सम्पर्क गर्न भनेको छ ।

१ माघ २०७९  मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?