+
+

उपत्यका विकास प्राधिकरणका एक कर्मचारी सात महिनादेखि कार्यालयको सम्पर्क बाहिर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ७:५०

२४ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरमा कार्यरत एक कर्मचारी सात महिनादेखि कार्यालयको सम्पर्कमा नरहेपछि सातदिने स्पष्टीकरण सोधिएको छ ।

वरिष्ठ सहायक पदमा कार्यरत दैलेखको मेहलतोली निवासी नन्दराम रेग्मी २०७९ साल कात्तिक २८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै स्पष्टीकरण माग गरेको हो ।

सूचनामा लेखिएको छ, ‘कार्यालयमा पूर्व जानकारी नगराई मिति २०७९÷०७÷२८ गतेदेखि हालसम्म अनुपस्थित हुनु भएको हुँदा के कति कारणले अनुपस्थित हुनु भएको हो सोको कारणसहित यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस प्राधिकरणमा स्पष्टीकरण पेश गर्नु हुन सूचना प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?