+
+

शेर्पा परम्परामाथि बन्ने फिल्म ‘कार्साङ’को शीर्ष भूमिकामा दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १४:०६

काठमाडौं  । अभिनेता दयाहाङ राई फिल्मलाई लिएर आगामी एक वर्षसम्मै व्यस्त हुनेछन् । तर उनी एकपछि अर्को फिल्म धमाधम साइन गरिरहेका छन् । उनले पछिल्लोपटक साइन गरेको फिल्म हो ‘कार्साङ’ । केही छोटा फिल्म निर्देशन गरेका याम शेर्पाले यही फिल्मबाट फिचरमा निर्देशकीय यात्रा थाल्दैछन् ।

दयाहाङको शीर्ष भूमिका रहने फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड पुरुषोत्तम प्रधानले खिच्ने भएका छन् । छायांकन सुरु हुने मिति यकिन नभए पनि यसको अधिकांश छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा हुने जनाइएको छ ।

फिल्मका अन्य कलाकारलाई अडिसनमार्फत छनोट गर्ने तयारी छ । सामाजिक विषयवस्तुमा बन्न लागेको यो फिल्मलाई यार्सा फिल्म्सको ब्यानरमा निर्माण गरिने जनाइएको छ । निर्देशक शेर्पा कान्तिपुर फिल्म एकेडेमीको आठौं ब्याचका निर्देशन विधाका विद्यार्थी हुन् । एकेडेमीले पनि निर्माणमा सहकार्य गर्ने भएको छ ।

एकेडेमीका सीईओ प्रकाश पुरीले फिल्म ‘कार्साङ’ शेर्पा परम्परा र कथावस्तुमा आधारित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?