+
+

बागमतीलाई पराजित गर्दै कर्णाली महेन्द्र नारायण निधि टी-२० क्रिकेटको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १८:४७

२४ जेठ, जनकपुरधाम । बागमती प्रदेशलाई ३ रनले पराजित गर्दै कर्णाली प्रदेश महेन्द्र नारायण निधि टी-२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

राम जानकी क्रिकेट मैदानमा जितको लागि १२० रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती प्रदेश २० ओभरमा ११६ रनमा अल आउट भयो ।

बागमतीलाई जितका लागि अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा प्रकाश जैशीले रिजन ढकाललाई क्लिन बोल्ड गर्दै टिमलाई ३ रनको रोमाञ्चक जित दिलाए ।

बागमतीका गौतम केसीले १६ बलमा २ चौका र ३ छक्कासहित ३२ रन जोडे । रित गौतम ३८ बलमा २ छक्कासहित ३३ र इशान पाण्डे डक आउट भए ।

कर्णालीको जितमा प्रकाश जैसीले २ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । दिनेश अधिकारीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । दिवान पुन, युनिस सिंह र अनुज चनाराले एक एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । कर्णालीका हिमान्शु शाहीले ४१ बलमा ४ चौकासहित ३९ रनको महत्वपूर्ण अविजित इनिङ खेले ।

प्रकाश जैशी ११ बलमा १ चौका र १ छक्कासहित १८ रनमा नटआउट रहे ।

कप्तान रवीन्द्रजंग शाही २१ बलमा ३ चौकासहित १८ रन, दीपेन्द्र रावत ४ रन, निश्चल रावल ७ रन, अर्जुन घर्ती ४ र विपिन रावल १३ रनमा आउट भए ।

बागमतीका लागि कृजन गुरुङले सर्वाधिक दुई विकेट लिए । तिलक भण्डारी, गौतम केसी र दीपेश श्रेष्ठले समान एक विकेट लिए ।

७ प्रदेश सहभागी प्रतियोगितामा कर्णालीले लगातार पाँच खेल जित्दै फाइनलमा स्थान बनाएको हो । ६ खेलमा ५ जित र १ व्यहोरेको कर्णाली शीर्ष स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

सुदूरपश्चिम ५ खेलमा ४ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

सुदूरले अन्तिम खेल बिहीबार कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा सुदूर विजयी भएमा फाइनल खेल्नेछ । यदि सुदूर पराजित भएमा फाइनलमा शुक्रबार मधेशले प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?