+

यू-२० महिला एसियन कप छनोट : नेपालले आज बलियो चीनको सामना गर्ने

२०८० जेठ  २५ गते ९:४२ २०८० जेठ २५ गते ९:४२
यू-२० महिला एसियन कप छनोट : नेपालले आज बलियो चीनको सामना गर्ने

२५ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसिया कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बलियो टोली चीनको सामना गर्दैछ ।

समूह बी मा घरेलु टोली म्यानमारसँग पहिलो खेलमा पराजित भएको नेपालको लागि अन्तिम चरणमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ । तर बलियो चीनलाई हराउनु नेपालको लागि ठूलो चुनौती छ ।

नेपाल र चीनबीचको खेल म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा चाइनिज ताइपेइलाई १-० ले हराएको चीन लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

नेपालकी कप्तान दीपा शाहीले पहिलो खेल हारेपनि उच्च मनोबलका साथ चीनविरुद्ध खेल्ने बताइन् । उनले पहिलो पटक माथिल्लो वरीयताको टिमसँग खेल्दा आफ्नो कमजोरी थाहा भएको र त्यसलाई सच्याएर मैदान उत्रने बताइन् ।

यस्तै मुख्य प्रशिक्षक याम गुरुङले चीन एसियाकै राम्रो टिममध्ये रहेकोले डिफेन्समा केन्द्रित हुँदै काउन्टरमा ध्यान दिने बताए ।

समूह बी मा चीनले ३ अंक जोड्दा नेपाल अंकविहिन छ । आजै म्यानमार र चाइनिज ताइपेइबीच पनि खेल हुँदैछ । नेपालले अन्तिम खेल चाइनिज ताइपेइसँग शनिबार खेल्नेछ ।

समूहको शीर्ष दुई टोली एएफसी यू-२० महिला एसिया कपमा छनोट हुनेछन् ।

यू-२० महिला एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय