+

एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

२०८२ वैशाख  २३ गते २२:०१ २०८२ वैशाख २३ गते २२:०१
एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्स र टाइम्सले दुई-दुई क्वाटरमा अग्रता लिएको थियो । तर बाजी हाउण्ड्सले मार्‍यो ।

टाइम्सले पहिलो क्वाटरमा २२-१९ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउण्ड्सले पुनरागमन गर्‍यो र दोस्रो क्वाटर २६-२० ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४५-४२ को अग्रता बनायो ।

तेस्रो क्वाटर पनि हाउण्ड्सले २८-१६ आफ्नो पक्षमा पार्दा ७३-५८ को अग्रता बनायो ।

१५ अंकले पछि परेको अवस्थामा पनि टाइम्सले चौथो क्वाटरपमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन प्रयास गरेको थियो । चौथो क्वाटर टाइम्सले २३-१२ ले आफ्नो पक्षमा पार्‍यो तर हार टार्न सकेन ।

टाइम्सका लागि कप्तान सदिशे प्रधानले सर्वाधिक २९ अंक स्कोर गरेपनि जिताउन सकेनन् । यस्तै विजयी टिम हाउण्ड्सका लागि सुजल खड्काले २१ अंक स्कोर गरे ।

हाउण्ड्सका विजय बुर्जा लगातार दोस्रो खेलमा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

हाउण्ड्सले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।

टाइम्सको भने यो पहिलो हार हो । पहिलो खेलमा टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई पराजित गरेको थियो ।

यस्तै मंगलबारै भएको दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले रोएल्सलाई ७९-७२ ले पराजित गरेको छ । गोल्डेनगेटको यो पहिलो जित हो भने रोएल्सको लगातार दोस्रो हार हो ।

पहिलो क्वाटर रोएल्सले २०-१६ ले आफ्नो पक्षमा पारेपनि त्यसपछि गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १७-१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म स्कोर ३३-३३ भएको थियो ।

तेस्रो क्वाटर २३-२२ ले आफ्नो पक्षमा पारेको गोल्डेनगेटले अन्तिम क्वाटरअघि झिनो अग्रता लिएको थियो । चौथो क्वाटर पनि २३-१७ ले आफ्नो पक्षमा पार्दै गोल्डेगेटले खेल जित्यो ।

गोल्डेगेटको जितमा निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएल्सका प्रसन ध्वज मास्केले २५ अंक स्कोर गरे ।

लिगमा बुधबार सामाखुशी युथ क्लब कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको पहिलो लिग खेलमा कीर्तिपुर विजयी भएको थियो ।

६ टोली सहभागि लिग डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको छ ।

एचजेबीएल गोल्डेनगेट बास्केटबल क्लब टाइम्स बास्केटबल क्लब रोएल्स हाउण्ड्स एकेडेमी हिमालयन जाभा बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय