+
+

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

दोस्रो बन्यो माछापुच्छ्रे बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १९:०९

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । २२ जेठमा सम्पन्न प्रतियोगितामा माछापुच्छ्रे बैंकलाई पराजित गर्दै प्राइम कमर्सियल बैंकले उपाधि जितेको छ । हारसँग माछापुच्छ्रे बैंकले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

इमाडोलस्थित बलपार्क इन्डोरमा २० जेठदेखि सञ्चालित लिगमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एनआईसी एसिया बैंकका सञ्जय गिरी उत्कृष्ट फिल्डर, एनआईसी एसियाकै रितेश अधिकारी उत्कृष्ट विकेट किपर, कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा उत्कृष्ट बलर, कामना सेवा विकास बैंककै शमिर थापा क्षेत्री उत्कृष्ट ब्याट्सम्यान, प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले विजेता एवम् उपविजेता टिम, विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बीच भाइचारा, आत्मियता, सद्‍भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए ।

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

२९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई उनले धन्यवाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?