+
+

सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना महानगरले भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १६:३३

२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका क‌ंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो ।

शुक्रबारदेखि महानगरपालिकाले सामाखुशी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरु हटाउन सुरू गरेको महानगगर प्रहरीले जनाएको छ ।

‘खोला सतहमाथि कंक्रिटले ढाकेका ५–६ किलोमिटर जति ठाउँहरु हटाउनुपर्ने देखिएको छ, बसुन्धराबाट हटाउन सुरु भएको छ,’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने ।

सामाखुशी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडिकन घर बनाएर खोला माथि स्ल्याब ढलान राखेर बाटोको रुपमा प्रयोग गरेको बताए । ‘स्थानीयले घर अगाडि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडी खोला नै छोप्ने गरी कंक्रिट ढलान गरेर बाटो बनाएको पाइएको छ । ती सबै संरचना अब महानगरले हटाउँछ,’ पाण्डेले भने

सामाखुशी खोलालाई प्राकृतिक रुपमा आफ्नै ढंगले बग्न दिनका लागि अतिक्रमित क्षेत्रका भौतिक संरचना हटाउन सुरू गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?