+
+

अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गरे : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १२:५२

२८ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् ।

बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू अर्थमन्त्री भएको बेला सांसद विकास कोषलाई खारेज गरेको सम्झिए ।

तर अहिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा त्यसलाई ब्यूँताएका अर्थमन्त्री महतले प्रत्येक निर्वाचन क्षेत्रका साथै समग्र देशको सन्तुलित विकासका लागि समन्यायिक मापदण्डका आधारमा बजेट विनियोजन गर्ने दायित्वबाट चुकेको बताए ।

सांसदहरुले निर्वाचन क्षेत्रसहित समग्र देशको विकास प्रयासमा निर्णाधिकार खोजेको यथार्थलाई अर्थमन्त्रीले बेवास्ता गरेको भन्दै उनले भने, ‘अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नुभएको छ ।’ अर्थमन्त्रीले ‘मैले त चाहँदैनथे, बाध्य भएँ’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएर सांसदहरुको अपमान गरेको उनको भनाइ छ ।

उनले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका निमित्त निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?