+
+
Shares

डा. महतलाई पूर्वअर्थमन्त्रीको प्रश्न- विद्युतीय सवारीको करमा उल्टो निर्णय किन ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १३:१९
पूर्वअर्थमन्त्री विष्णु पौडेल

२८ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको करमा उल्टो निर्णय लिएको बताएका छन् ।

उनले तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि गर्न माग गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले भने, ‘यो उल्टो निर्णयको औचित्य के हो ?’

विद्युतीय सवारीको भन्सार तथा अन्तशुल्कलाई ‘र्‍यासनलाइजेसन’ गर्न गरिएको अर्थमन्त्रीको दाबीलाई तथ्यले गलत सावित गरेको उनले बताए । ‘र्‍यासनलाइजेसन गर्न यस्तो उल्टो निर्णय गरिन्छ ?’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘विद्युत खपत बढाउने, पेट्रोलियम पदार्थको आयातसँगै व्यापार घाटा कम गर्न र वातावरण संरक्षण गर्न प्रतिकूल हुने यस्तो निर्णय किन गर्नु परेको हो ?’

विद्युतीय सवारीको करको दर परिवर्तन हुनु र बजेटको ठीक अगाडि ११०० गाडी भित्रनुलाई संयोग मात्र भनेर चित्त बुझाउन नसकिने उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?