+
+
Shares

सफलताको जस लिएजस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो पराजय र क्षतिका लागि नेतृत्व स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन्।
  • पौडेलले पार्टीभित्रको नीति, नेतृत्व, संगठन र कार्यशैलीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
  • उनले एमालेलाई पुनः लोकप्रिय, गतिशील र देशको नेतृत्व गर्ने शक्तिमा रूपान्तरण गर्ने सङ्कल्प गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।

९ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो पराजय र क्षतिका लागि नेतृत्व स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा जारी वक्तव्यमा उनले विगतको सफलताजस्तै असफलताको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने स्पष्ट पारेका हुन् ।

पौडेलले कम्युनिस्ट आन्दोलनले स्थापना कालदेखि लोकतान्त्रिक शासन, सामाजिक न्याय र समाजवादको लक्ष्यसहित महत्वपूर्ण उपलब्धि हासिल गरे पनि ठूलो क्षति समेत बेहोरेको बताए ।

उनका अनुसार पछिल्लो आम निर्वाचनमा पार्टीले गम्भीर धक्का बेहोर्नु, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ९ र कुल २७५ मध्ये २५ सिटमा सीमित हुनु पार्टीका लागि ठूलो चेतावनी हो ।

‘हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो भने आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको भूमिका छ,’ उनले भनेका छन् ।

पौडेलले अब ढिलाइ नगरी पार्टीभित्रको नीति, नेतृत्व, संगठन र कार्यशैलीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

गल्तीहरू स्वीकार गर्दै सुधार गर्न र समग्र पार्टी पुनर्गठनतर्फ अघि बढ्नुपर्ने उनको जोड थियो ।

‘हामीले उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ,’ उनले भनेका छन् । स्थापना दिवसको अवसरमा उनले एमालेलाई पुनः लोकप्रिय, गतिशील र देशको नेतृत्व गर्ने शक्तिमा रूपान्तरण गर्ने सङ्कल्प गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?