+
+

भेटायोले भवन निर्माणको काम पनि सुरू गर्ने, ७० लाखमा साढे दुई तले घर बनाइदिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १४:०३

काठमाडौं । घरायसी काममा आधारित सेवा प्रदायक कम्पनी भेटायोले भवन निर्माणको काम पनि सुरु गर्ने भएको छ । भेटायोका अनुसार दक्ष प्रविधिक एवम् प्रविधिको प्रयोग गरी संरचनात्मक डिजाइनदेखि सम्पूर्ण निर्माण तथा सरसफाइसम्मको काम गरिने छ ।

समयको माग अनुसार बजारमा आधुनिक, दक्ष र वातावरणमैत्री निर्माण प्रविधिको विकास भएको भन्दै भेटायोले लगातार नयाँ प्रविधिको प्रयोग गर्दै उच्च कोटीको संरचनात्मक काम र प्रयोगकर्ताहरूलाई सुलभ मूल्यमा ग्राहकहरूको मागलाई पूरा गरिने भेटायोले बताएको छ ।

७० लाखमा निर्माण हुने भवनको विशेषताहरूः

  • कुल निर्माण क्षेत्रः २००० वर्ग फुट
  • साइट सर्वेक्षण, डिजाइन, संरचनात्मक विश्लेषण, लागत अनुमान, परियोजना सुपरीवेक्षण र हस्तान्तरण
  • सामग्री प्रकारः आरसिसि, स्टील्स, हाइब्रिड (नवीनतम प्रविधि)
  • घर पेन्ट
  • ग्रेनाइट र टाइल भान्छा र बाथरूम

भेटायोलाई किन रोज्ने ?

  • एकीकृत डिजाइन–निर्माण दृष्टिकोण
  • उन्नत योजना व्यवस्थापन
  • दिगोपन
  • प्राविधिक विकास

निर्माणसम्बन्धी सेवाहरू काठमाडौं उपत्यका भित्रका ग्राहकहरूका लागि मात्र उपलब्ध हुने भेटायोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?