+

साफ तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ

२०८० जेठ  २८ गते १६:१३ २०८० जेठ २८ गते १६:१३
साफ तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ

२८ जेठ, काठमाडौं । आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरे ।

सोमबार फिलिपिन्सको जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जानेछ । जहाँ मध्यपूर्वका लेवनान र कुवेतसहितको सहभागितामा साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।

शनिबारसम्म शहीद स्मारक ए डिभिजन लिग सञ्चालनमा रहेका कारण नेपालले एकीकृत अभ्यास र तयारी आइतबारदेखि मात्र सुरु गरेको हो ।

यद्यपी लिग नभएको समयमा गरिएको रणनीतिक तयारीका आधारमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले गत साता २३ सदस्यीय टिम घोषणा गरेका थिए ।

अघिल्लो संस्करणको उपविजेता टिम नेपालका लागि यसपल्ट कठिन समूहमा सोही नतिजालाई दोहोर्‍याउन चुनौति हुनेछ । नेपाल रहेको समूह ए मा भारत, कुवेत र पाकिस्तान छन् ।

नेपालले पहिलो खेल कुवेतसँग ६ असार, दोस्रो खेल ९ असारमा आयोजक भारत र समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको समूह बी मा लेवनान, भुटान, माल्दिभ्स र बंगलादेश छन् ।

नेपाल टिम

गोलरक्षक : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ

डिफेण्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने ।

फरवार्ड : आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर ।

नेपाल भर्सेस फिलिपिन्स साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय