+
+

करका दर लक्षित घरानामा केन्द्रित छैनन् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १३:४८

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको स्पष्टीकरण दिएका छन् । सोमबार बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित छ’ उनले भने । नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै उनले भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताए ।

‘भ्याटलाई हरेक वर्ष हटाउँदै गयौं, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौं ।’ उपभोग्य वस्तुमा कर लगाएको सन्दर्भमा यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए । एकातर्फ आलु /तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको उनको गुनासो छ । उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै उनले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?