+
+

‘जुठे’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १७:४८

काठमाडौं । सामाजिक र हास्य कथावस्तुमा आधारित टेलिभिजन सिरियल ‘जुठे’ सोमबार युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिरियलको पछिल्लो एपिसोडलाई युट्युबमा निकै रुचाइएको छ । जुन १ मा सार्वजनिक भएको ११४ औं एपिसोडको भिडियोलाई २८ लाखभन्दा बढी पटक हेरिएको छ ।

भ्युज मात्र होइन, यो एपिसोडलाई दर्शकले सकारात्मक कमेन्टको वर्षा नै गराएका छन् । ‘ट्रेन्डिङको शीर्षस्थानमा पुग्दा हामी अति नै खुसी छौं,’ निर्देशक तथा अभिनेतामध्येका एक राजु पौडेलले अनलाइनखबरसँग भने, ‘नेपाली समाजको अर्गानिक कथावस्तुप्रति दर्शकले दिनुभएको यो स्नेहले हामीलाई अझै दायित्यबोध गराएको छ ।’

जुठेले ग्रामीण नेपाली समाजको जातीय विभेदविरुद्ध समानता, सहिष्णुताको कथा पेश गर्छ । राजु मास्टरको रुपमा चर्चित राजु पौडेल र मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवेले संयुक्त रुपमा सिरियल निर्देशन गरेका छन् । बल्छी ध्रुवे र राजु मास्टरसहित रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, श्रीप्रसाद थापा लगायतको शीर्ष भूमिका सिरियलमा छ ।

‘जुठे’ हिमालय टिभी एचडीमा बिहीबार राति ९ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?