+
+

एआईमा ठुला कम्पनीबाट लगानीको ओइरो, ३ महिनामै ३२ अर्ब डलर लगानी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १०:२२

माइक्रोसफ्ट, मेटा र गुगलको मातृ कम्पनी अल्फाबेटले पछिल्लो ३ महिनामा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा ३२ अर्ब डलर लगानी गरेका छन् ।

तथ्यांक अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा यी ३ कम्पनीले एआईको विकासका लागि आवश्यक डेटा सेन्टर र अन्य प्रविधिका लागि कूल ३२ अर्ब डलर लगानी गरेका हुन् ।

कम्पनीहरुले लगानीकर्ताहरुका लागि सार्वजनिक गरेको विवरणबाट यस्तो खुलासा भएको हो ।

प्रविधि उद्योगमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको तीव्रतर विकास भइरहेको परिप्रेक्ष्यमा यी कम्पनीहरुले आगामी दिनमा एआईको क्षेत्रमा थप दशौं अर्ब डलर लगानी गर्ने जनाएका छन् ।

मेटाका सिइओ मार्क जुकरबर्गले आगामी त्रैमासिकमा मेटाले एआईको क्षेत्रमा १० अर्ब डलर खर्च गर्ने प्रक्षेपण गरेका छन् ।

गतहप्ता बोल्दै उनले भनेका छन्-यसमा लगानी गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ, र हामीले त्यही बमोजिम गर्दैछौं।
त्यस्तै गुगलका प्रमुख वित्तिय अधिकृत रुथ पोराटका अनुसार कम्पनीले यो वर्ष एआईको क्षेत्रमा हरेक त्रैमासिकमा करिब १२ अर्ब डलर लगानी गर्ने योजना बनाएको बताएका छन् ।

पहिलो त्रैमासिकमा १४ अर्ब डलर खर्च गरेको माइक्रोसफ्टले एआईको क्षेत्रमा लगानीलाई वृद्धि गर्दै लैजाने कम्पनीका प्रमुख वित्तीय अधिकृत एमी हुडले बताए ।

एआई कम्पनीले एआर्य प्रविधिमा कसरी लगानी गरिरहेका छन् ?

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेजन र मेटाले एआईलाई सपोर्ट गर्नका लागि आफ्ना डेटा सेन्टरहरुको आमूल सुधार गर्न लागेका छन् ।

शेयरधनीहरुलाई यही महिना पठाएको पत्रमा अमेजनका सीईओ एन्डी जेसीले एआई पूर्वाधार तथा डेटाको क्षेत्रमा अझै धेरै प्राविधिक प्रयासहरुको अवसर व्यापक रहेको छ ।

कम्पनीले आफ्नो त्रैमासिक नतिजा यसैसाता सार्वजनिक गर्दैछ।

यसैबीच गुगलले भर्जिनियास्थित आफ्नो डेटा सेन्टर क्याम्पस विस्तारका साथै इन्डियानास्थित फोर्ट वाइनेमा नयाँ डेटा सेन्टर निर्माणमा लगानी गर्न लागेको घोषणा गरेको थियो ।

त्यसैगरी एआई चिप निर्माता एनभिडियाले यो त्रैमासिकमा करिब २४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

वाशिंटन पोष्टका अनुसार दुई वर्षअघि सोही त्रैमासिकमा कम्पनीको आम्दानी ८ अर्ब ३० करोड मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?