+
+

मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते ७:५३

३० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ ।

त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो ।

मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविले भनेको छ ।

त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी, २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन् । कतिपयले अध्यापक र कर्मचारीहरुलाई तलबसमेत खुवाउन नसकेका समाचार सार्वजनिक हुने गरेका छन् ।\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?