+
+

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते ८:२८
संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्की ।

३२ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।

बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्की सिंहदरबारमा जारी समितिको बैठकमा बिहान सवा ८ बजेपछि आइपुगेका हुन् ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?