+
+

बैंकले ब्याजदरमा कार्टेलिङ गरे : पूर्वगभर्नर ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १८:०२

३२ जेठ, काठमाडौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले बैंकहरूले ब्याजदरमा कार्टेलिङ गरेको बताएका छन् । आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले ब्याजदर नेपाल राष्ट्र बैंकले तोक्ने कि बैंकर्स संघले भन्दै प्रश्न गरे । राष्ट्र बैंकले तय गर्ने नीतिकै आधारमा बैंकले नभई बजारले ब्याजदर तोक्नुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिले देशको अर्थतन्त्र बचेको उनको तर्क छ । नीति कसिलोबाट खुकुलो हुँदै गएको भन्दै उनले कसिलो बनाउन सुझाव दिए । उनले हङकङको सामान बेच्ने सटर बन्द भएर फरक नपर्ने भन्दै दैनिक जीवन उपभोग्य वस्तु बेच्ने पसल बन्द हुन नहुने बताए । देशमा १२/१५ बैंक भए पुग्ने भन्दै मर्जरको नीति अझै कडा गर्न उनले सुझाव दिए । उनले सार्क राष्ट्रमा प्रयोग हुने डिजिटल करेन्सी चाडो ल्याउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?