+
+

प्रभु बैंक र नाथन एसोसिएट्स लण्डन बीच आईआईएन कार्यक्रमका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:१३

काठमाडौं । प्रभु बैंक लिमिटेड र नाथन एसोसिएट्स लण्डन बीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) कार्यक्रमका लागि सम्झौता भएको छ ।

नाथन एसोसिएट्स लण्डनमार्फत् कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँग इन्भाइरोनमेन्ट सोसियल एण्ड गभर्नेस एण्ड इन्भेस्टमेन्ट रेडिनेस सम्बन्ध सहकार्यका लागि सम्झौता भएको बैंकले जनाएको छ ।

नाथन एसोसिएट्स लण्डनका उपसभापति वृद्धिका सामारासिङ्‍घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नाथन एसोसिएट्स लण्डनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंक र आईआईएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इन्भाइरोनमेन्ट सोसियल एण्ड गभर्नेसको बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?