+
+

बागमतीले छुट्यायो सांसदलाई बजेट, वडामा ‘समाजवादी कार्यक्रम’लाई बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:२३

१ असार, काठमाडौं । बागमती प्रदेशले सांसदहरुको छनोटमा योजना सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१मा प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको हो ।

बागमतीका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा (तामाङ)ले प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेश सभाका सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूको विकास सम्बन्धी समस्या र गुनासो सम्बोधन गर्ने सहज वातावरण सिर्जना गर्दै लगिने उल्लेख छ ।

‘प्रदेश सभाका सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेश सभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजनाहरू छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको छु,’ बजेटमा भनिएको छ ।

बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको अभ्यास स्थानीय स्तरबाट नै गरी प्रदेशको विकासमा गतिशीलता र प्रभावकारीता अभिवृद्धि गर्न भन्दै मानव विकास सूचकाङ्‍कमा पछाडि परेका १५ स्थानीय तहका एक/एक वडामा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न १५ करोड विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?