+
+

मानहानि मुद्दामा पूर्वपत्नी एम्बर हर्डबाट जितेको रकमलाई जोनी डेपले गरे दान

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १२:२२

काठमाडौं । ‘पाइरेट्स अफ क्यारिबियन’ फेम्ड हलिउड अभिनेता जोनी डेप फेरि एकपटक चर्चामा छन् । कारण हो, उनकी पूर्व पत्नी एम्बर हर्ड । यसपटक कानुनी लडाइँ छैन । बहुचर्चित मानहानिको मुद्दा जितेपछि जोनीले पूर्वपत्नी हर्डबाट प्राप्त गरेको क्षतिपूर्ति बापतको पैसा दान गरेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि यी रुपैयाँ दान गरिएको हो ।

सीएनएनका अनुसार यो रकम दान गर्न अभिनेता डेपले पाँच कल्याणकारी संस्थालाई छनोट गरेका छन् । जसमा मेक-अ-फिल्म फाउन्डेसन, द पेन्टेड टर्टल, रेड फेदर, मार्लोन ब्रान्डोको टेटियारोआ सोसाइटी च्यारिटी र अमेजोनिया फन्ड एलायन्स छन् । सूत्रका अनुसार यी प्रत्येक संस्थालाई दुई लाख अमेरिकी डलरको दान गर्ने तय छ ।

जोनी र एम्बरले धेरै वर्ष डेटिङ गरेपछि सन् २०१५ मा आफ्नो लस एन्जलसको घरमा गोप्य विवाह गरेका थिए । एम्बरले २३ मे २०१६ मा जोनीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । जोनीले आफूलाई लागूपदार्थ र रक्सी सेवन गरेर शारीरिक हिंसा गरेको भन्दै उनले अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

जोनीले मार्च २०१९ मा एम्बरविरुद्ध ५० मिलियन डलरको मानहानीको मुद्दा दायर गरेका थिए । एम्बरले वासिङ्टन पोस्ट अखबारमा लेखेको एक आर्टिकलमा आफू घरेलु हिंसाको सिकार भएको उल्लेख गरेकी थिइन् । यसमा जोनीको नाम कहींकतै उल्लेख छैन तर सम्बन्धविच्छेदको मुद्दा चर्चामा अएापछि यो रहस्य बाहिर आएको थियो । दुवैबीच लामो समय कानुनी लडाइँ भयो र अदालतले जोनीको पक्षमा फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?