+
+

माछापुच्छ्रे बैंक र प्याब्सन बीच डिजिटल साक्षरतासम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १८:४४

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीच वित्तीय एवम् डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका अध्यक्ष डीके ढुंगानाले हस्ताक्षर गरे ।
आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सोमबार आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक र प्याब्सनको सहकार्यमा सञ्चालन हुने वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रमबाट वित्तीय जनचेतना फैलाउन सघाउने विश्वास व्यक्त गरे । पछिल्लो समय ग्राहकमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूल्ठूला वित्तीय अपराधहरु भइरहेको स्मरण गराउँदै उनले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनीहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष एवम् गैरआवासीय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने सुझाव दिए । सैद्धान्तिक भन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

प्याब्सनका अध्यक्ष ढुंगानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ शिक्षा लगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराए । माछापुच्छ्रे बैंकसँगका सम्झौताले बैंकिङ शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला अहिले बैंकिङ उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्न यो सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्याब्सनसँगको सहकार्यमा बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामूलक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?