+
+

अमेरिकी संसदमा हंगामापछि टेलर स्वीफ्टले गरिन् ५० कन्सर्टको ‘इरास टुर’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १२:३९

काठमाडौं । गायिका टेलर स्वीफ्टले आफ्नो बहुचर्चित इरास सांगीतिक टुरको मिति घोषणा गरेकी छन् । सन् २०२४ का लागि एसिया, युरोप र बेलायतका लागि कन्सर्ट मिति उनले सार्वजनिक गरेकी हुन् । उनको यो टुरले गत महिना अमेरिकी संसदमा समेत हंगामा मच्चाएको थियो ।

पपस्टारले सन् २०२३ को अगस्ट २४ बाट मेक्सिकोदेखि टुरको थालनी गर्नेछिन् । सुरुमा दक्षिण अमेरिकी देशहरु मेक्सिको, ब्राजिल, अर्जेन्टिनाका लागि मिति तय छन् । त्यसपछि उनको पहिलो एसिया भ्रमण सन् २०२४ को २ जुलाईमा टोकियोबाट सुरु हुनेछ । जापानमा चार, अष्ट्रेलियामा पाँच र सिंगापुरमा तीन शो गर्ने तयारी छ ।

त्यसपछि युरोप र बेलायतमा कन्सर्ट गर्ने तयारी छ । संयुक्त अधिराज्यमा मात्र नौ शो गर्ने तयारी छ । उनको यो कन्सर्टका लागि टिकटको माग यति धेरै थियो कि अनलाइन प्लेटफर्म टिकट मास्टर क्र्यास हुँदा हजारौं फ्यानले टिकट प्राप्त गर्न सकेनन् । त्यसपछि अमेरिकी संसदमा समेत सांसदले कन्सर्टको टिकट व्यवस्थापनबारे आवाज उठाए ।

यो असफलतापछि टिकटमास्टरलाई अमेरिकी सिनेटरको अगाडि घटनाको व्यवस्थापनलाई लिएर प्रश्नको जवाफ दिन लगाइएको थियो । स्विफ्ट आफैंले टिकट प्राप्त गर्न फ्यानले गरेको संघर्ष देख्दा आफूलाई दुःख लागेको बताउँदा यो समस्या समाधानका लागि टिकटमास्टरले सामना गर्न सक्ने आश्वासन दिएकी थिइन् ।

इरास टुर गायिका स्विफ्टको सन् २०१८ पछिको पहिलो विश्व भ्रमण हो । ग्रामी विजयी चारवटा नयाँ स्टुडियो एल्बम सार्वजनिक गरेपछि उनी टुरमा निस्कन लागेकी हुन् ।  संगीत प्रकाशन बिलबोर्डले ५२ सातासम्म चल्ने टुरबाट ५९१ मिलियन डलर आम्दानी हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?