+
+

टोनी क्रुजले गरे रियलसँगको सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १७:४३

६ असार, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुजले क्लबसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

३३ वर्षीय क्रुजले रियल मड्रिडका लागि ४१७ खेल खेलिसकेका छन् । जसमा उनले ३० ला लिगा र १२ च्याम्पियन्स लिग खेलेका छन् ।

२०१४ का विश्वकप विजेता उनले त्यसै वर्ष बायर्न म्युनिखबाट रियल आएर क्लबका लागि २० उपाधि जितेका छन् ।

रियल म्याड्रिडमा उनले नौ सिजनमा ४ च्याम्पियन्स लिग, ५ क्लब विश्वकप, ४ यूरोपा सुपर कप, ३ ला लिगा उपाधि, १ कोपा डेल रे र ३ स्पेनिस सुपर कप जितेका छन् ।

पछिल्लो सिजन उनले रियललाई कोपा डेल रे र च्याम्पियन्स लिग सेमिफाइनल पुर्‍याउन राम्रो प्रदर्शन गरेका थिए । रियल सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग हारेको थियो ।

इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमले पनि अबको सिजनमा रियल मड्रिडबाट नै खेल्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?