+
+

घोराहीको नीति कार्यक्रम : ३ वर्षभित्र खरको छाना मुक्त नगर घोषणा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १९:४९

६ असार, दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा लागि नीति कार्यक्रम ल्याएको छ। नगर प्रमुख नरुलाल चौधरीले नगरको १३ औ अधिवेनमा नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।

घोराहीले अधिकांश पुरानै कार्यक्रमलाइ निरन्तरता दिएको छ। कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल बिउ तथा उन्नत बिउ (धान, गहु, मकै, तोरी, मसुरो, प्याज र आलु) मा कृषकलाई दिईदै आएको अनुदानलाई निरन्तरता दिइने, किसानलाई सूचना प्रविधिको माध्ययमबाट कृषकहरुलाई कृषि सम्बन्धी सूचना उपलब्ध गराउँदै घोराही कृषि मोवाइल एप तयार गरी किसान परिचयपत्रको व्यवस्था गर्ने र व्यवस्थित तरकारी बजार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै आगामी तीन वर्षभित्र नगरलाई लागु औषध दुव्यसनी मुक्त नगर घोषणा गरिने, नगरवासीको आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँचका लागि एम्बुलेन्स सेवालाई थप ब्यबस्थित गरिने, असाहय बिपन्न तथा प्रसुति जन्य सेवाको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने, आयुर्वेदिक र स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने नगर प्रमुख चौधरीले बताए।

आगामी  ३ वर्ष  भित्र खरका (फुस्का) छाना हटाइ खरका छाना मुक्तनगर घोषणा गरीने नीति कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै विद्युतको पहुँच नपुगेका गाउँ तथा वस्तीहरुमा विद्युत विस्तार गरी उज्यालो नगर अभियानको सञ्चालन गरी आगामी ३ वर्ष उज्यालो नगर घोषण नीति कार्यक्रममा उल्लेख गरिएको छ।

नगर क्षेत्र भित्र आगामी ३ वर्ष भित्रमा प्रत्येक नागरिकको कम्तिमा ३० मिनेट पैदल दूरीमा सडक पहुँच पुर्‍याउने गरी पहुँचमार्ग, सहायक राजमार्ग,  वैकल्पीक मार्ग, गाउँ टोल भित्रका साना सडकहरु निर्माण, मर्मत तथा स्तरोन्नति गरिने नगर प्रमुख चौधरीले बताए।

यस्तै नगरमा हरियाली प्रवर्द्धन गरी वातावरण स्वच्छता कायम गर्न प्रत्येक घरको अगाडि कम्तिमा दुईवटा रुख रोप्न अनिवार्य गरिने, वातावरणमा असर पार्ने ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन बिक्रि वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइने, पर्यटन तथा संस्कृति प्रवर्धनको लागि भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा जोड दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?