+
+

मोदीले जिल बाइडेनलाई दिए हीरा उपहार

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १५:५६

७ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडेनलाई प्रयोगशालामा बनाएको हीरा उपहार दिएका छन् ।

अमेरिकाको तीनदिने राजकीय भ्रमणमा रहेका मोदीले वातावरण मैत्री ७.५ क्यारेटको हीरा उपहार दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले मोदीको सम्मानमा ह्वाइट हाउसमा पार्टीकाे आयोजना गरेका थिए । त्यै पार्टीमा उनीहरु तीन बीच विभिन्न विषयमा कुराकानी भयो र उपहार आदानप्रदान पनि ।

मोदीले प्रदान गरेको हीरा वातवरण मैत्री हीरा हो । किनकि यो बनाउन सौर्य उर्जा र वायु उर्जाको मात्र प्रयोग गरिएको छ ।

भारतले पछिल्लो समयमा प्रयोगशालामा उत्पादन गरिएको हीराको प्रवर्द्धन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?