+
+

१ महिनामा १५ अर्बले घट्यो नगद सर्कुलेसन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:३९

१० असार, काठमाडौं । नगद सर्कुलेसन १ महिनामा नै १५ अर्ब रुपैयाँले घटेको छ ।

वैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ रहेको नगद सर्कुलेसन जेठ मसान्तमा आउँदा ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ कधरोड ८१ लाख रुपैयाँ रहेको नगद सर्कुलेसन वैशाखमा बढेको थियो ।

तर, जेठ लागेपछि पुनः घटेको हो । गत वर्ष २०७९ जेठ मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नगद सर्कुलेसन रहेकोमा २०८० जेठ मसान्तमा आउँदा घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?